
काठमाडौं, १ भदौ । सत्ता गठबन्धनको बैठक भोलि बिहान बस्ने भएको छ । बैठक बालुवाटारमा बिहान १० बजे बस्ने बताइएको छ ।
बैठकमा सिट फाँडफाँट कार्यदलमा भएको प्रगति, गठबन्धनमा बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई समेट्नेलगायतका विषयमा छलफल हुने बताइएको छ ।
सिट बाँडफाँट कार्यदलको आज बसेको बैठकले दलहरुबीच सिट बाँड्ने मोडालिटी पेश गर्न सकेन । सहमति नभएपछि बैठक निष्कषविहीन बनेको छ ।















प्रतिक्रिया