
काठमाडौं, १ भदौ । सिट बाँडफाँटको लागि गठित सत्ता गठबन्धनको कार्यदलको बैठक आज बस्दैछ ।
बालुवाटारमा आज अपराह्न ४ बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेस गर्न लागेका छन् ।
कार्यदलले सिट बाँडफाँटको जिम्मा संयोजक सिटौलालाई दिइएको थियो ।
साउन २० गतेको पाँचदलीय गठबन्धनको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।















प्रतिक्रिया