२९ आश्विन २०८३, बिहिबार

भारतको फुटबल महासंघ फिफाद्वारा निलम्बित, साफ महिला पुटबल खेल्न नपाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई निलम्बन गरेको छ ।

भारतीय फुटबल महासंघमा राजनीति हस्तक्षेप भएपछि नियमहरुको गम्भीर उल्लंघन भएको भन्दै फिफाले निलम्बन गरेको हो ।

त्यस्तै, आगामी अक्टोबरमा भारतले आयोजना गर्र्न लागेको यू–१७ महिला विश्वकप फुटबल पनि अर्काे देशमा सारिने भएको छ ।

फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अगस्टको सुरुमै निलम्बन गर्ने चेतावनी दिएको थियो ।

फिफाले प्रतिबन्धन लगाएसँगै भारतले छैठौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा खेल्न नपाउने भएको छ ।

महिला साफ भदौ २९ देखि असोज ३ सम्म काठमाडौंमा हुँदैछ ।

२०७५ चैतमा विराटनगरमा साफ महिला च्याम्पियनसिपको पाँचौ संस्करण फाइनलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै उपाधि जितेको थियो ।