शनिवार पत्रकारहरुका लागि अन्य दिनभन्दा अझ बढी व्यस्तताको दिन हुनेगर्छ । यो दिन परिवारका सदस्यहरुलाई समय दिनुका अलावा पत्रकारिताको कर्ममा खट्नुपर्ने बाध्यता पनि रहन्छ । दैनिक तालिकाका साथ घरबाट विहानको खाना खाएर निस्किए । ११ः३० बजे भक्तपुरको बाराहीमन्दिर नजिकै रहेको बाराही अजिमा पार्टी महलमा आयोजित कार्यक्रमका लागि त्यहा“ पुग्दा कार्यक्रम सुरु भइसकेको थिएन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ भक्तपुरको उक्त कार्यक्रममा नेत्रृ सुजाता कोइराला आउने तय भएको थियो । नेत्रृ कोइरालाको उपस्थिती केही समय ढिला भएकाले हामी भलाकुसारीमा व्यस्त भयौं । त्यही भलाकुसारीकै बीचमा जमिन हल्लिन थाल्यो, पक्की घरहरु हल्लिन थाल्यो, हामी सबैजना हल्लिन थाल्यौं, हाम्रो तन, मन सबै हल्लिन थाल्यो । यो कम्पन विनाशकारी महाभूकम्पको थियो । त्यो महाभूकम्प नै नेपाली मनभित्र गडेको कालो दिनका रुपमा स्थापित हुन पुग्यो ।
भलाकुसारीकै बीचमा जमिन हल्लिन थाल्यो, पक्की घरहरु हल्लिन थाल्यो, हामी सबैजना हल्लिन थाल्यौं, हाम्रो तन, मन सबै हल्लिन थाल्यो । यो कम्पन विनाशकारी महाभूकम्पको थियो । त्यो महाभूकम्प नै नेपाली मनभित्र गडेको कालो दिनका रुपमा स्थापित हुन पुग्यो ।
विभत्स परिस्थिती
२०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटको समयमा करिब ५५ सेकेण्डसम्म आएको ७ दशमलव ८ रेक्टर स्केलको महाभूकम्पपछि हामी सबै सडकमा निस्कियौं । हामी बसेको स्थान वरपरका घरहरुमा खासै क्षति पुगेको थिएन । भक्तपुर नगरलाई नियालें । भत्किएका घरहरुको धुलोले नगरलाई पुरै छोपेको थियो । केही समय के गर्ने, कहा जाने भन्ने निर्णय गर्न सकिएन । केही समयपछि परिवारका सदस्यहरुलाई सम्पर्क गर्न खोजें फोन लागेन् । म सँगै रहेका कांग्रेस मध्यपुर नगर सभापति अष्ट कवेंको पोष्टपेड मोबाइलबाट पत्रकार दिपक लामिछानेलाई सम्पर्क गरें । उहाँले भक्तपुर अस्पतालमा घाइतेहरुको भिड रहेको जानकारी दिएपछि पत्रकार लीला श्रेष्ठ, अष्ट कवें, म अस्पताल पुग्यौं ।
अस्पतालमा घाइतेहरुको भिड जम्मा भइसेकको थियो । नगरभित्रका धेरै मानिसहरु घाइते भएका थिए । अस्पतालको खुला चौर, अस्पताल बाहिर र भित्र जताततै घाइतेमात्रै देखिन्थे । केही समयपछि गाउँ-गाउँबाट पनि घाइतेहरु अस्पतालमा आउने क्रम बढ्न थाल्यो । अस्पतालको व्यबस्थापनले थेग्न सक्ने अवस्था रहेन । घाइतेसगै मृत्यु हुनेको संख्या पनि क्रमशः बढ्दै गयो । यो दृश्यले मेरा आँखाबाट आँसु झरेको समेत मैले पत्तो पाइन् ।
घाइतेको उपचारका क्रममा मृत्यु हुनेहरुको शव व्यबस्थापन र शवको पहिचानका लागि फोटो खिच्ने कार्यमा सक्रिय भइरहदा मैले ४६ जनाको शव केही सहयोगीको साथमा आफ्नै हातले व्यबस्थापन गरें । मृतकको शरिर हेर्दा लाग्यो महाभूकम्पको विपतले निर्दयतापूर्ण ढंगबाट उनीहरुलाई मृत्युवरण गर्न बाध्य बनाएको थियो ।
म एक रेडक्रसकर्मी पनि भएकाले रेडक्रसका स्वयंसेवकहरुलाई खवर गर्ने काम गर्यौं । स्वयंसेवकहरु अस्पतालमा जम्मा हुन थाले । आफै प्राथमिक उपचार भएकाले घाइतेको प्राथमिक उपचारमा सक्रिए भए । भूकम्प आएको १ घण्टाभित्रमा भक्तपुर अस्पतालमा करिब ५ सय भन्दा बढी घाइतेहरु जम्मा भइसकेका थिए । अस्पतालमा स्वास्थ्यकर्मी, रेडक्रसकर्मी, नेपाल प्रहरीको टोली सक्रिय भएपनि आवश्यक संख्यामा कोही पनि उपस्थित भइसकेका थिएनन् । घाइतेको उपचारका क्रममा मृत्यु हुनेहरुको शव व्यबस्थापन र शवको पहिचानका लागि फोटो खिच्ने कार्यमा सक्रिय भइरहदा मैले ४६ जनाको शव केही सहयोगीको साथमा आफ्नै हातले व्यबस्थापन गरें । मृतकको शरिर हेर्दा लाग्यो महाभूकम्पको विपतले निर्दयतापूर्ण ढंगबाट उनीहरुलाई मृत्युवरण गर्न बाध्य बनाएको थियो ।
बेलुका साढे ६ बजेसम्ममा भक्तपुर अस्पतालमा मात्रै ४६ जनाको मृत्यु भइसकेको थियो । अन्य अस्पतालहरुको पनि विवरण संकलन गरें । मृतकको संख्या १ सय ३० पुग्यो भने घाइतेको संख्या ९ सय ६५ पुग्यो । त्यहाबाट ७ बजे म पेशागत धर्म निर्वाहका लागि नेपाल टेलिभिजन पुगें । त्यहा पुगेपछि थाहा पाए मेरो देश भक्तपुर जस्तै गरि ध्वस्त भइसकेको रहेछ । देशभरका ३२ जिल्लाबाट मानिस मर्नेहरुको विवरण प्राप्त भइरहेको थियो भने घाइते हुने, घर र गाउ नै पूण ध्वस्त भएका समाचारले मेरा आखा रसाइरहेका थिए ।
राती साढे नौ बजे घर पुगें, घरभित्र बस्नसक्ने अवस्था थिएन । त्यस रात खुला आकाशमुनि रात विताए । म जस्ता लाखौं मानिस त्यसरात खुला आकाशमुनि नै रात विताउन बाध्य भए ।
अन्योलमा राज्य संयन्त्र
विनाशकारी महाभूकम्पले देशका ८० लाख मानिसहरुलाई घर छोडेर खुला आकाशमुनि बस्न बाध्य बनायो । यो अवस्थामा राज्य संयन्त्र मानवीय विपद्मा कसरी, कहाँबाट कार्य सुरु गर्ने भन्ने अन्योलतामा देखिन्थ्यो । त्यही अन्योलताका कारण सरकारी संयन्त्र चलाएमान हुन सकेन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली राहत कार्यम बाहेक देशका सुगम होस् दुर्गम यो समयमा सरकारको उपस्थिती देखिएन ।
देशभरका ३२ जिल्लाबाट मानिस मर्नेहरुको विवरण प्राप्त भइरहेको थियो भने घाइते हुने, घर र गाउ नै पूण ध्वस्त भएका समाचारले मेरा आखा रसाइरहेका थिए । राती साढे नौ बजे घर पुगें, घरभित्र बस्नसक्ने अवस्था थिएन । त्यस रात खुला आकाशमुनि रात विताए ।
शनिवारको महाभूकम्पपश्चात पनि अन्य भूकम्पका धक्काहरु निरन्तर आइरहेको थियो । मानिसहरु त्रिपालको खोजीमा थिए तर, महाभूकम्पमा ज्यान बचाउन गरेको संघर्ष भन्दा धेरै गुणा कठिन थियो त्रिपाल पाउन् । सरकारले राहत वितरणमा कमी नगर्ने दाबी गरेपनि उपत्यकाको नगर र ग्रामिण क्षेत्रमा पर्याप्त त्रिपाल वितरण हुन सकेन् ।
राहत नआउँदा रातभर खुल्ला आकाशमा
भूकम्पपछि धेरै मानिसहरुको खाने बस्नेको टुङ्गो भएन । सयौं घाइते अस्पतालको वरिपरी छट्पटिएर भगवान भरोसा भन्दै बसेका देखिन्थ्ये । महाभूकम्प गएको शनिबार र भोलीपल्ट आइतबार पटक–पटक आएको भूकम्पको धक्काले सबैमा त्रासले डेरा जमाएको छ । खेत, चौर, सडकमा बस्नेहरु खानु न पिउनुको अवस्थामा त थिए नै त्रिपाल नपाउदा खुला आकाशमा रात गुजार्न समेत बाध्य बनेका थिए । भूकम्पपीडित सबैको एउटै माग थियो, ‘खुला आकाश छेक्ने त्रिपाल देऊ ।’
दातृ निकायको उपस्थिती
महाभूकम्पको चौथो दिनपछि भने दातृ निकायको उपस्थिती देखिन थाल्यो । बिभिन्न स्वदेशी तथा विदेशी संघसंस्थाहरुले आ-आफ्नै ढंगबाट राहत प्याकेज ल्याउन थाले । देशका सबै क्षेत्र प्रभावित भएता पनि दातृ निकायले प्रदान गर्ने राहत प्याकेज सबै लक्षित समुदायसम्म पुग्न सकेन् । सरकारले एकद्वार प्रणालीमार्फत जन र धनको क्षति भएकाहरुलाई प्रदान गर्ने राहत योजना अव्यबस्थित बन्यो । कहिं राहत सामग्री धेरै पुग्ने कहिं पुग्दै नपुग्ने अवस्था देखिन थाल्यो ।
अहिले जनजीवन सामान्य अवस्थामा फर्किन थालेको छ । तथापि सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म २ लाख घरमा पूर्णरुपमा क्षती पुगेको छ भने १ लाख ६० हजार घरमा आंशिक क्षति पुगेको छ । यो अवस्थामा सरकारले इमान्दारिताका साथ पीडितहरुमाथि न्याय गर्न सक्नुपर्ने देखिन्छ । सबै ठाउ“मा सरकारको उपस्थिती र पहुच पुग्नु जरुरी देखिन्छ ।













प्रतिक्रिया