काठमाडौं, २२ वैशाख । गैरआवासीय नेपालीहरुद्धारा संचालित वेष्ट रेमिट नेपालले मुलुकमा आएको विनाशकारी भूकम्पप्रति दुःख प्रकट गर्दै केही अवधिका लागि आफ्नो सेवा शुल्कलाई निःशुल्क दिने घोषणा गरेको छ ।
वेष्टले आफ्ना सेवाग्राहीका लागि कतार र मलेसियाबाट यही मे ४ देखि मे १८ सम्म १५ दिनका लागि स्वदेश पैसा पठाउदा कुनै पनि सेवा शुल्क नलाग्ने बताएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै वेष्ट रेमिटले पीडामा परेका नेपालीहरुलाई थप शक्ति मिलोस भन्ने कामना समेत गरेको छ ।
यसअघि वेष्ट रेमिटले भूकम्प पीडितका लागि काठमाडौको बसुन्धरामा रहेको चिरायु अस्पतालसँग सहकार्य गरी मे १ देखि ६ सम्म निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था समेत गरेको थियो ।
















प्रतिक्रिया