२९ आश्विन २०८३, बिहिबार

रुपन्देहीमा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ३० साउन । रुपन्देहीको ओमसतियामा अज्ञात समूहले एक जना युवकमाथि गोली प्रहार गरेको छ । गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका करिब २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।

आइतबार राति पौने १२ बजे नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया–४ बसन्तपुरमा एक राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ ।

युवकको पेटको बायाँतर्फ गोली लागेको छ । गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र खतरामुक्त रहेको प्रहरीले जनाएको छ । त्यहीँ नजिकै अज्ञात समूहले पेस्तोल देखाएर सुन र नगद लुटेका बताइएको छ ।

यद्यपि गुरुङमाथि गोली चलाउने र लुटपाटमा संलग्न एकै समूहका भए/नभएको यकिन भएको छैन ।