२९ आश्विन २०८३, बिहिबार

प्युठानमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । प्युठाको नौबहिनी गाउँपालिका –६ बहानेमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौबहिनी– ५ डामृका रेमसरा बुढा मगरकि २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ७ वर्षीया करुणा बुढा मगर र सोही ठाउँका जीप चालकसमेत २५ वर्षीय लुकेश थापा रहेका जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रहरीका अनुसार शिशु चेतना बुढा, उनकी दिदी ७ वर्षीया करुणाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै, चालक थापा भने जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।

दुर्घटनामा दुई जान गम्भीर घाइते भएका छन् भने घाइते ७ जनाको उपचार भइरहेको छ ।

आज साँझ ५ बजे प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप नौबहिनि गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै खोलाबाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।