
काठमाडौं, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्तासहित १५ बुँदे सन्देश पठाएकी छन् ।
दुवै सदनबाट पारित विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष साउन १५ गते पुगेको थियो ।
आज उनले विधेयकमा पुनर्विचार गर्नुपर्ने विषय रहेको भन्दै सदनमा फिर्ता पठाएकी छन् ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक अपुरो रहेको र संविधानसँग बाझिएकोले पुनर्विचार गर्न आवश्यक भएको बताएर विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउँदै १५ बुँदे सन्देश दिएकी हुन् ।
सन्देशमा राष्ट्रपति भण्डारीले ९ वटा विषय उठान गरेको शीतल निवासले जनाएको छ ।
सन्ेदशमा राष्ट्रपति भण्डारीले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता अध्यादेश किन स्वीकृत गरियो र अहिले नागरिकता विधेयक किन पुनर्विचार भनिएको हो भन्ने समेत खुलाइएको बताइएको छ ।















प्रतिक्रिया