२९ आश्विन २०८३, बिहिबार

एमालेद्वारा नागरिकता विधेयक फिर्ताको स्वागत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेकपा (एमाले)ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचारका लागि फिर्ता पठाउने निर्णयको स्वागत गरेको छ ।

प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक विशाल भट्टराईले जनभावनालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विधेयक फिर्ता गरेको भन्दै स्वागत गरेका हुन् ।

व्यापकरुपमा उठेको जनगुनासोलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको भट्टराईले बताए ।

एमालेले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राख्नु पर्ने जनाउँदै आएको छ ।

यस विषयमा सत्ता गठबन्धनले जबरजस्ती गरे कडा प्रतिवाद गर्ने पनि भट्टराईले बताए ।