
काठमाडौं, २९ साउन । नेकपा माओवादी केन्द्रको चुनाव चिह्न र एउटै घोषणापत्र लगायत विषयमा भएको सहमतिबारे नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पदाधिकारीहरूलाई ब्रिफिङ गरेका छन्।
काठमाडौंको सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर उम्मेदवारी दिने विषयमा भएको मौखिक सहमतिबारे उनले जानकारी गराएका हुन्।
स्रोतका अनुसार बैठकमा अध्यक्षद्वय भट्टराई र महिन्द्र राय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठ, उपाध्यक्षहरू लगायतका पदाधिकारी र र पूर्व कार्यकारिणी सदस्यहरु उपस्थित थिए।















प्रतिक्रिया