काठमाडौँ, २२ वैशाख । मेगा बैंक नेपाल लिमिटेडले महाभूकम्प पीडित नेपालीका लागि पचास लाख रुपैंया सहयोग गर्ने भएको छ ।
मेगा बैंक संचालक समितिको बैठकले भूकम्प पीडितको राहतका लागि तत्काल ५० लाख रुपैंयाको राहत प्याकेज दिने निर्णय गरेको हो । संचालक समिति, कर्मचारी र बैंकका तर्फबाट यो सहयोग गर्न लागिएको हो । पचास लाख बराबरको राहत सामाग्री सहयोग बैंकले प्रभावित जिल्लामा पुगेर पीडितहरुलाई हस्तान्तरण गर्ने मेगा बैंकका सिइओ अनिलकेशरी शाहले बताउनुभयो ।
यसअघि नै बैंकले महाभूकम्प पीडितहरुलाई तत्काल राहत पुर्याउने उद्देश्यले ‘मेगा अर्थक्वेक ग्रान्ट अकाउन्ट’ (मेगा) नामक चल्ती खाता स्थापना गरेको थियो । यस खातामा जम्मा हुने सम्पूर्ण रकम भूकम्प पीडितहरुको उद्धार, उपचार, राहत, पुनस्र्थापना, भौतिक संरचनाहरुको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले खडा गरेको “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा जम्मा गरिने बताइएको छ । बैंकले आफ्नो यस सहयोग अभियानमा सहभागी हुन बैंकका शेयरधनी, ग्राहकवर्ग तथा शुभेच्छुकहरुलाई अपिल गरेको छ । राहत रकम आफूलाई पायक पर्ने स्थानमा मेगा बैंकका कुनै पनि शाखाहरुमा खाता नम्बर ००१००१०२८६५९१ ‘डी’ मा स्वेच्छिक रुपमा रकम जम्मा गर्न सकिने बताइएको छ ।
















प्रतिक्रिया