३० आश्विन २०८३, शुक्रबार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु, पाँच जना घाइते

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुमपूर्व, २८ साउन । रूकुम (पूर्व)मा सवारी दुर्घटनामा प्रहरीले जवानको मृत्यु भएको छ ।

पुथा उत्तरगंगा गाउँपालिका–११ तल्लोसेरा भन्ने स्थानमा लु.१ झ ६६० नम्बरको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको छ भने ५ जना प्रहरी कर्मचारीहरू घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी तुलराज सुनुवार, जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी बल आश्रित गुल्म रुकुम (पूर्व) का प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक रबिन्द्र श्रेष्ठ सहितको टोली ईलाका प्रहरी कार्यालय तकसेरा निरीक्षण तथा सो क्षेत्रको शान्ति सुरक्षाको वस्तुस्थिति बुझ्न जाने क्रममा प्रहरी कर्मचारीहरूमात्र सवार उक्त गाडी दुर्घटना भएको हो ।

घाइतेहरूलाई उपचारको लागि तत्काल नेपाली सेनाको हेलिकोप्टरद्वारा कोहलपुर मेडिकल कलेज नेपालगञ्ज बाँकेमा लगिएकोमा उपचारको क्रममा प्रहरी जवान पुनको मृत्यु भएको थियो । अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।