२९ आश्विन २०८३, बिहिबार

भारतीय प्रधानमन्त्री हतार-हतारमा किन जाँदैछन् चीन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi-pmबेइजिङ् २२ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनको भ्रमण आउन लाग्नुभएको समाचार छ । आगामी मे १४ का दिनमा उहाँले चीनको औपचारिक भ्रमण सुरु गर्नु हुने जनाइएको छ ।

प्रधानमन्त्री मोदीले चीनको तीन दिनको औपचारिक भ्रमण गर्न लाग्नुभएको चिनियाँ विदेशी मन्त्रालयले प्रवक्ताले मङ्गलबार जानकारी दिनुभएको छ ।

सो भ्रमणका क्रममा चीन र भारतबीच महत्वपूर्ण पक्षलगायत द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुन अनुमान गरिएको छ । भ्रमणका क्रममा चीनले नेपालमा बनाउन लागेको रेल सेवाको बारेमा पनि मोदीले छलफल गर्ने बताइएको छ ।

आफूसँग सल्लाह नगरेरै चीनले नेपालमा एकोहोरो रेल मार्ग बनाउने योजना अघि सारेपछि भारत आत्तिएको थियो । मोदी चीनका प्रधानमन्त्री लि केकिआङ्गको निमन्त्रणामा चीन आउनु लाग्नुभएको मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्गले जानकारी दिनुभएको छ । रासस/सिन्ह्वा