काठमाडौं । चर्चित लेखक सलमान रुस्दीमाथि आक्रमण भएको छ । उनीमाथि न्यूयोर्कस्थित एक कार्यक्रममा सांघातिक आक्रमण भएको हो ।
आक्रमणकारी दौडिएर स्टेजमा पुगेको र रुस्दीमाथि प्रहार गरेका थिए । त्यतिबेला उनी स्टेजमा प्रवचन दिइरहेका थिए । आक्रमणपछि रुस्दीको अवस्थाबारे खुलेको छैन ।
आक्रमणबाट घाइते भएका उनी हाल भेन्टीलेटरमा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै, उनको एउटा आँखा फुटेको तथा कलेजोमा समस्या भएको बताइएको छ । आक्रमण भएपछि उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो ।
रुस्दीमाथि इस्लामिक अतिवादी समूहले ३३ लाख डलर टाउकाको मूल्य तोकेका छन् । उनको टाउकाको मूल्य बेला बेलामा वृद्धि घोषणा गरेको खबर आउने गरेको छ ।
सन् १९८८ मा लिखित द साटानिक भर्सेस पुस्तक प्रकाशित भएपछि इरानी धार्मिक नेता अयातुल्ला खमेनीले फतवा जारी गरेका थिए । यसको अर्थ उनको हत्याको आव्हान हो ।
भारतमा जन्मिएका रुस्दी फतवा जारी भएपछि अधिकांश समय भूमिगत नै रहने गर्छन् । उनी कमैमात्र सार्वजनिक कार्यक्रममा देखिन्छन् । –एजेन्सी
भिडियो:
https://www.youtube.com/watch?v=NuwA4dbpLVA