
काठमाडौं, २७ साउन । नेपालमा गैरकानुनी रुपमा भित्रीने मोबाईल फोनहरुको अनाधिकृत आयात नियन्त्रण गर्न नेपाल दुर संचार प्राधिकरणले आउदो सेप्टेम्बर १५ बाट मोबाइल डिभाइस म्यानेजमेन्त सिस्टम (एमडीएमएस) सुरु गर्ने भएको छ ।
काठमाडौको सोल्टी होटेलमा बिहीबार नेपाल दुर संचार प्राधिकरण तथा मोबाईल फोन इम्पोर्टस एसोसिएसनद्वारा आयोजना गरिएको नेपाल मोबाईल बितरक संघलगायत अन्य संघ संस्थाहरुको सहकार्यमा मोबाइल दिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) बाइ लज २०७५ कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै मोबाइल फोन इम्पोरतर एसोसिएसनका अध्यक्ष दिपक कुमार मल्होत्राले गाँस, बास र कपास पछिको अति आवस्यक बस्तु मोबाईल फोनलाई बिलाशिताका वस्तुमा वर्गीकरण गरी आयातमा प्रतिबन्धसमेत लगाएकोमा दुख व्यक्त गर्दै आपत्ति जनाए ।
विदेशी मुद्रा संचिति कम नहोस् भनेर आयातमा प्रतिबन्ध लगाएपनि पहिलेको भन्दा व्यापक रूपमा भन्सार छलिका फोनहरु भित्रिँदा रेमिटेन्समार्फत भित्रिने डलरमा झन नकारात्मक असर परेको छ ।
सरकारले अरबौको राजस्व गुमाइहेको छ भने गैरकानुनी रुपमा भित्रिने फोनहरु मध्य ठूलो संख्यामा चोरीको, रिफर्बिश फोनहरु समेत आउँदा उपभोक्ता ठगीमा परेको छ । व्यवसायीको ब्यापारमा व्यापक गिरावट आउँदा कर्मचारी कतौतिको अवस्था आएको छ ।
नेपाल प्रहरीलाई अनुसन्धानमा समेत कठिनाइ परेको हुँदा एमडीएमएस लागू गर्न अति आवस्यक भएको कुरा बताए ।

प्राधिकरणका निर्देशक सुरेन्द्र हाडाले एमडीएमएसको महत्व, विशेषतालगायत टेक्निकल कुराहरु बारे जानकारी दिए । प्राधिकरणका निर्देशक रेवतिराम पन्तले एमडीएमएस बाइ लज २०७५ बारे बुँदागत रूपमा जानकारी गराए ।
कार्यक्रममा एनटीसी, एनसेल, स्मार्टसेल, एमपीएलए एनएमडीए र एफएनडीबीए लगायतका प्रतिनिधिहरुले आफ्नो जिज्ञासा र सुझाव राखेका थिए भने निर्देशक सुरेन्द्र लाल हाडाले सोसम्बन्धी जिज्ञासा मेटाएका थिए ।
कार्यक्रममा एमपीएलएका उपाध्यक्ष सन्जय अग्रवालले ३२ इन्ज १पीसी टिभीमा भन्सार छुट दिँदा भन्सार बाहिर दलालहरुको लाइन लागेको र आवश्यकता भन्दा धेरै नै आयात हुन गएको हुँदा मोबाइल फोनमा यो अवस्था आउन नदिन यस्तो लुप होल छोडनु नहुने कुरामा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि सचिव बैकुण्ठ अर्यालले कानुनभित्र बसि संम्बन्धित सबैसँग सहकार्य गरी चाँडोभन्दा चाँडो सिस्टम लागू गर्नुपर्ने कुरा भने ।
कार्यक्रममा सबैलाई धन्यवाद दिँदै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विशेष परिस्थिति बाहेक सेप्टेम्बर १५ बाट एमडीएमएस सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।















प्रतिक्रिया