
काठमाडौं, २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश चरम राजनीतिक अवस्थामा जेलिएको बताएका छन् ।
शुक्रबार हेटौंडामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै उनले सानो काम देखि ठुलो काम राजनितिक दलको आडमा मात्र गर्न सकिने बताएका हुन् ।
उनले पछिल्ला दिनहरुमा राजनीतिक अस्थिरताको कारण डाक्टरले बिरामी जाँच गर्दा पनि कुन दल वा पार्टिको हो भनेर जाच गर्ने दिन आउन सक्ने बताए ।
सभापति लामिछाने जनतालाई विभिन्न झुठा आश्वासन देखाएर जनताको पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताए ।
उनले मकवानपुरमा सुरुङ मार्गको झूटा आश्वासन देखाएर पैसा खानेहरू र उद्योग कलकारखाना बन्द गर्नेहरुका खाता खोलेर हिसाब निकाल्ने समय आएको पनि बताए ।















प्रतिक्रिया