३० आश्विन २०८३, शुक्रबार

अध्यक्ष तिमिल्सेनाद्वारा आफ्नो सेवा सुविधा विद्यालयलाई

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


गोरखा, २७ साउन । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले गाउँपालिकाद्वारा आफूले प्राप्त गरेको सेवासुविधा विद्यालयलाई प्रदान गरेका छन् । उनले आफ्नो पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ पाँदेलटार स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई उपलब्ध गराएका हुन् ।

“मैले निर्वाचनको बेला गाउँपालिकाभित्र शिक्षालाई प्रथामिकता दिन्छु भनेको थिए” उनले भने, “यसैले विजयी भएपछि मैले पाएको सेवा सुविधा विद्यालयलाई गरेको हुँ ।”

विद्यालयका प्रधानध्यापक दिलबहादुर गुरुङले प्राप्त रकम विद्यालयको छात्राबासमा अध्ययनरत विद्यार्थीका लागि खर्च गरिने जानकारी दिनुभयो । सो विद्यालयमा आवासीय सुविधासहित विपन्न चेपाङ समुदायका बालबालिका अध्ययन गर्दछन् । –रासस