
काठमाडौं, २७ साउन । मुक्तिनाथ विकास बैंक लि.ले अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने “मुक्तिनाथ गज्जब मुद्दती” योजना सञ्चालनमा ल्याएको छ ।
यो योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ ।
त्यस्तै, व्यक्तिगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुनेछ ।
साथै, थप जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने छ । यो योजनाबाट ग्राहक वर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।















प्रतिक्रिया