३० आश्विन २०८३, शुक्रबार

माधव नेपाललाई कोरोना संक्रमण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्रीमाधव कुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई आज गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।

हाल उनले घरमै आराम गरिरहेका छन् । स्वास्थ्य अवस्था सामान्य रहेको तर केही दिन भेटघाट तथा कार्यक्रममा सहभागी नहुने बताइएको छ ।

उनी आज विहान पार्टीले आयोजना गरेको प्रशिक्षणमा सहभागी भएका थिए ।