३० आश्विन २०८३, शुक्रबार

अर्थ सचिवमा कृष्णहरि पुष्कर नियुक्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । सरकारले अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिएका छन् ।

यसअघि अर्थ सचिवमा मधु मरासिनी रहेकोमा उनको सरूवा प्रधानमन्त्री कार्यालयमा भएको छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी माग भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका थिए ।