२९ आश्विन २०८३, बिहिबार

ब्लड डोनर्स अफ अमेरिकाले नेपालका लागि रगत पठाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BDA_Logo_05052014– विजय थापा 

वाशिंगटन डिसी । २००९ मा अमेरिकाको न्युयोर्कमा नेपाली समुदायका क्रियाशील व्यक्तिहरुको पहलमा स्थापना भएको ब्लड डोनर्स अफ अमेरिकाले भूकम्पको कारण नेपालमा रगतको अभाव भए सम्भव भएसम्म अमेरिकाबाट रगत पठाउन तयार भएको जानकारी गराएको छ ।

विनाशकारी भूकम्पको कारण मानव रगतको आवश्यकता पर्ने र अभाव भैरहेको अवस्थालाई मध्यनजर गर्दै यस्तो योजना बनाइएको ब्लड डोनर्स अफ अमेरिकाले जनाएको छ ।

ब्लड डोनर्स अफ अमेरिकाले अमेरिका भरिका नेपाली समुदाय, नेपाली संघ तथा संस्थासंग मिलेर हजारौ रक्तदान कार्यक्रम नियमित रुपमा गर्दै आई रहेको छ ।

गत बैशाख १२ गते आएको विनाशकारी भूकम्पले पुर्याएको धनजनको क्षति प्रति संस्थाले गहिरो दुख व्यक्त गर्दै समबेदना प्रकट गरेको छ ।

ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष डा लिला बहादुर कार्कीले यस बिपत तथा संकट अवस्थामा नेपालमा रगत अभाव भएकोले नेपाललाई रगत चाहिएमा उपलब्ध गराउन तयार भएको जानकारी दिए ।

डा कार्कीले थप जानकारी दिँदै यसको लागि अमेरिकन रेडक्रस, लाइफ साउथ कम्युनिटी ब्लड सर्विस तथा कार्टर ब्लड केयरसंग समन्वय भैरहेको जानकारी दिएका छन् ।

डा कार्कीले भने रगत अमेरिकाबाट नेपाल ढुवानी गर्न अमेरिकन एसोसिएसन अफ ब्लड बैंक तथा मिलिटरी ब्लड सर्विसबाट सम्भव हुन् सक्ने बताए ।

तर त्यसको लागि नेपाल सरकारले अमेरिकन एसोसिएसन अफ ब्लड बैंकलाई पत्रचार गर्नुपर्ने हुन्छ भन्दै यसको लागि ब्लड डोनर्स अफ अमेरिकाले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने बताए ।

रगतको आवश्यकता परे हजारौ हजार नेपाली समुदाय तथा अन्य समुदायले पनि रगत दान गर्ने छन् भन्दै लाइफ साउथ कम्युनिटि ब्लड सर्विस तथा कार्टर ब्लड केयरले देखाएको सद्भाव प्रति अध्यक्ष डा कार्कीले धन्यबाद दिएका छन् ।