३० आश्विन २०८३, शुक्रबार

भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, नियुक्ति खारेज गर्न माग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ ।

अध्यक्षका पाँच दाबेदार नरेश पौड्याल, अरुण प्रधान, निर्मलराज ढकाल, मनिष पण्डित र सुचित्रा श्रेष्ठले नियुक्ति खारेज माग गर्दै सर्वाेच्चमा रिट दर्ता गराएका हुन् ।

अध्यक्षमा नियुक्ति हुनका लागि स्नातक उत्तीर्ण हुनुपर्ने तर, केसीको योग्यता नपुगेको भन्दै उनीहरुले नियुक्ति खारेजीको माग गरेका छन् ।

उनीहरुले केसीलाई नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरेका छन् । मन्त्रिपरिषद्ले गत साउन ९ गते केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो ।