३० आश्विन २०८३, शुक्रबार

एमालेमा चार जना केन्द्रीय सदस्य मनोनित, को-को परे ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन ।  नेकपा एमालेले थप चार जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।

च्यासलमा बसेको सचिवालय बैठकले जीवन गौतम दाङ, बृजेशकुमार गुप्ता कपिलवस्तु धर्मदत्त देवकोटा (स्याङ्जा) र अमृत राजवंशी झापालाई केन्द्रीय सदस्य मनोनित गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

एमालेले बाग्लुङका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार सदस्य मनोनित गरेको छ । उनी नेपाली कांग्रेसका महासमिति सदस्य त्यागेर एमाले प्रवेश गरेका थिए ।