३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको जनाएको छ ।

महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य हिजोको तुलनामा घटेको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको मूल्य ९६ हजार ४०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला १ हजार २३० रुपैयाँ रहेको चाँदीको मूल्य आज १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।