३० आश्विन २०८३, शुक्रबार

लुम्बिनी प्रदेश अस्पतालको ठेक्का प्रक्रिया रोक्न उच्च अदालतको आदेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । लुम्बिनी प्रदेश अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रिया रोक्न उच्च अदालत तुलसीपुरले आदेश दिएको छ ।

अदालतको बुटवल इजलासले अस्पतालको भवन बनाउने ठेक्का प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो ।

अस्पतालको भवन निर्माणमा मिलेमतो गरी अनियमितता भएको भन्दै दायर भएको रिटउपर अदालतले यस्तो आदेश दिएको हो ।

निर्माण व्यवसायी बलिभद्र रानाले ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट हालेका थिए ।

अदालतले भदौ १ मा पेशी तोकेको छ भने छलफलका लागि दुवै पक्षलाई त्यसअघि नै बोलाएको छ ।