
चितवन, २६ साउन । नारायणी नदीले बगाएर २५ वर्षको भाले गैंडाको मृत्यु भएको छ ।
गत साउन १२ गते नदीले बगाएर गैंडाको मृत्यु भएको जनाइएको छ ।
भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको बाल्मिकी टाइगर रिर्जभको प्राविधिक टोलीले पोष्टमार्टम गरी भारतमा नै गाडिएको छ ।
मृत गैंडाको खाग र खुर भने सुरक्षित छन् । यद्यपि निकुञ्जले गैंडा मरेको बारे सार्वजनिक जानकारी गराएको छैन ।















प्रतिक्रिया