३० आश्विन २०८३, शुक्रबार

प्रचण्डको दावी- जापान भ्रमण फलदायी भयो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जापान भ्रमण फलदायी भएको बताएका छन् ।

जापान भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले जापान भ्रमण फलदायी भएको बताएका हुन् ।

अध्यक्ष दाहालले जापानमा रहेका नेपाली तथा त्यहाँका विदेश विभागका अधिकारीहरूसँग आफ्नो समानान्तर रूपमा कुराकानी भएको बताए । उनले जापानका सांसदसँग भेटेेको भन्दै खुशी व्यक्त गरे ।

साथै उनले जापानमा भएका नेपालीहरू आफ्नो भ्रमणबाट धेरै खुशी भएका पनि बताएका छन् । तर पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले जापानमा मन्त्री समेत नबनेका सांसदलाई भेटे भनेर  खुशी साट्नु लज्जास्पद भएको टिप्पणी भएको छ । भ्रमणका क्रममा उनले आफ्नो कोट अर्कालाई बोक्न दिएकोमा पनि सामाजिक संजालमा चौतरफी विरोध भइरहेको छ ।