
काठमाडौं, २५ साउन । मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवामनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमुलक तथा सेवाग्राही मैत्री योजना “रेमिटोत्सव“ सम्पन्न गरेको छ ।
बैशाख १, २०७९ बाट प्रारम्भ भएर साउन ४, २०७९ सम्म चलेको यस योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अबैधानिक रेमिट्यान्स गतिविधिलाई निरुत्साहित गर्दै बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन र प्रवर्द्धन गरेको थियो ।
“बैधानिक रुपमा रेमिट्यान्स पठाऔँ रेमिटोत्सव मनाऔँ” मूलनाराका साथ सम्पन्न यस अफरमा, १४ हप्ता सम्म संसारका २०० भन्दा बढी मुलुकबाट इसेवामनी ट्रान्सफरमार्फत रेमिट्यान्स कारोवार गर्ने मध्ये हरेक दिन १ जनालाई र योजना अवधि भर कुल९८जनालाई प्रत्येक दिनउपहार स्वरुप रु. ५,००० प्रदान गरिएको थियो।
त्यस्तै, यस योजनाका दौरान बम्पर उपहार विजेतालाई रु. ५०,००० व्यवस्था गरिएको थियो । जसको विजेता कतारमा रहेका गोर्खा जिल्ला निवासी कमल कमर भएका छन् भने उनले रेमिटोत्सव योजनाका दौरानकतारको युनिमोनीएक्सचेन्जबाट इसेवामनी ट्रान्सफर मार्फत रेमिट्यान्स पठाएका थिए ।
रेमिटोत्सव योजनाबारे बोल्दै इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘नयाँ वर्षको २०७९को अवसरमा वैधानिक रुपमा रेमिट्यान्स पठाउने सन्देशमुलक योजना – रेमिटोत्सव सफलतापुर्वक सम्पन्न गर्न पाएकोमा हामी खुशी छौँ । रेमिट्यान्स देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएकाले यसलाई बैधानिक तवरबाट देश भित्राउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिने कुनै दुइमत छैन । त्यसैले हामीले यस योजनामार्फत रेमिट्यान्स कारोवार गर्दा वैधानिक माध्यमबाट मात्र कारोबार गरौँ भन्ने मूल संदेश दिएका छौँँ ।
इसेवामनी ट्रान्सफरले रेमिटोत्सव समाप्त भएपनि व्यापार प्रवर्द्धनात्मक तथा सेवाग्राही मैत्री–डिजिटल रेमिट्यान्समा आइफोन जित्ने चान्स अफर लिएर आइसकेको छ ।
विदेशबाट सोझै इसेवा वालेटमा पैसा लोड गर्न सकिने सन्देशमुलक यस अफरमा पठाउनेले आइफोन १३ जित्न सक्नेछन भने नेपालमा प्राप्त गर्ने व्यक्तिले रु. १०० बोनस पाउनेछन्। त्यस्तै विदेशबाट आएको नगद रेमिट्यान्स सोझै आफ्नो इसेवा वालेटमा प्राप्त गरी सेवाग्राहीले रु. २००को बोनस समेत प्राप्तगर्न सक्नेछन् ।
इसेवामनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ५० लाखभन्दा बढी प्रयोगकर्ताहरु र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ ।
इसेवामनी ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विपे्रषण भुक्तानी सेवाप्रदानगर्दै आइरहेको छ ।
२०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवामनी ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।















प्रतिक्रिया