२९ आश्विन २०८३, बिहिबार

पूर्व गोर्खाली सैनिकले अमेरिकामा दुई करोडको पसल जिते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salil gautam– विजय थापा 

वाशिंगटन डिसी । नेपालको झापा दमक घर भै अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्दै आएका अमेरिकन सेनाका पूर्व सैनिक सलिल गौतमले २ करोडको पसल प्रतिस्पर्धामा जितेका छन् ।

अमेरिकाको सेवेन–ईलेवेन स्टोर्सले पहिलो पटक आयोजना गरेको भेटेरन फ्रेनचाइज़ स्टोर्स प्रतिस्प्रधामा गौतमले गत मार्च १६ देखि मार्च २९ तारिख सम्म केवल १४ दिनको लागि गरिएको मतदानमा उत्कृष्ट ३ प्रतियोगीमा पर्न सफल भएका थिए ।

गत अप्रिल २९ तारिख टेक्सासको डलसमा अन्तर्वार्ता दिन गएका थिए भने मे ४ तारिखमा प्रतिस्पर्धाको नतिजा प्रकाशित गरिए अनुसार गौतमले १ लाख ९० हजार डलर (झन्डै २ करोड नेपाली रुपैया) राशि बराबरको एउटा सेवेन-एलेवेन पसल जितेका छन् ।

यो रकम नगद नभएर पसल स्वामित्व हुनु अगाडी लाग्ने प्रारम्भिक स्वामित्व शुल्क सेवेन–एलेवेनलाई नतिर्नु पर्ने रकम भएको बताउदै अन्य कुराहरुमा पसल लिने धनीले लगानी गर्नुपर्ने बिजेता गौतमले बताए ।

गौतमले सेवेन–एलेवेन स्टोर्स आफुले चाहेको स्थानमा लिन पनि पाइने भएकोले आफु डिसी महानगर क्षेत्रमा बसोबास गर्ने भएकोले यहि क्षेत्रमा छनौट गर्ने बताए ।

salil with friends (1)पसल बिजेता गौतमले अगाडी भने सेवेन–एलेवेन पसल मात्र अथवा सेवेन(एलेवेन ग्यास स्टेसन सहितको (ईन्धन चौकी) पनि छनौट गर्न पाइने बताए ।

अमेरिकामा १९२७ मा स्थापना भएको सेभेन–ईलेभन विश्वका ४० वटा भन्दा ज्यादा देशहरुमा सेभेन–ईलेभन सहुलियत पसलहरु संचालनमा रहेका छन् भने अमेरिकामा ग्यास स्टेसन (ईन्धन चौकी) बिशेष संचालनमा रहेका छन् ।

salil with wifeसेभेन–ईलेभन पुरस्कार स्वरुप संचालनमा रहेको अमेरिकन सेनामा कार्यरत भेटेरन (पूर्व सेना)हरुलाई सम्मान तथा प्रोत्साहन स्वरुप प्रतियोगीहरु मध्येमा सबै भन्दा ज्यादा मत प्राप्त गर्ने भेटेरन(पूर्व सैनिक) लाई एउटा सेवेन–लेवेन स्टोर्स स्वामित्व (अनरशिप) दिने घोषणा गरे अनुसार नेपाली मुलका सलिल गौतमले मतको आधारमा सेवेन–लेवेन स्टोर्स पाएका हुन् ।

झन्डै १ दशकदेखि अमेरिकामा रहदै आएका गौतम अमेरिकन सेना अन्तर्गत ईराक र अफगानस्थानमा समेत सेवा पुर्याई सकेका उनि हाल भर्जिनियामा परिवार सहित बसोबास गर्छन ।

अन्तिम उत्कृष्ट ३ मा पुगेका सबै प्रतिस्पर्धी उतिकै महत्वपूर्ण भएकोले सेवेन–ईलेवेनले गौतम सहित ३ जनालाई बिजेता घोषित गरि पसल स्वामित्व गर्न दिने भएको जानकारी गौतमले गराए । गौतमले विश्वभरबाट आफुलाई मतदान दिई जिताउने सबैमा कृतज्ञता ज्ञापन गरेका छन् ।