
काठमाडौं, २५ साउन । गएराति परेको भारी वर्षाका कारण भक्तपुरको मनोहरा खोलामा आएको बाढीले आसपासका बस्तीमा पसेको छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बाढीले करिब १०० घर प्रभावित भएका छन् भने केही फर्ममा बगेको छ । चाँगुनारायण नगरपालिका–४ निलोपुल नजिक रहेको बंगुर फर्म बगेको छ ।
प्रहरीका अनुसार वडा नम्बर १ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरा डुबेका र चार जना मानिसको उद्धार गरिएको छ ।
मध्यपुर ठिमी नगरपालिका–२ मनोहरा खोला किनारको कृषि फर्म डुबानमा परेको छ । त्यहाँबाट ५०० वटा हाँस, २०० वटा बंगुर र २ वटा गाईलाई सुरक्षित स्थानमा लगिएको छ । त्यस्तै, एक अर्को फर्मबाट गिरिराज कुखुराका ४५ चल्ला बगाएको छ ।
त्यस्तै, वडा नं. १ कै सुकुम्बासी बस्तीका ६० घर डुबानमा परेका छन् । यद्यपि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया