३० आश्विन २०८३, शुक्रबार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा तथ्यांक विधेयक दफावार छलफल सदनमा प्रस्तुत् हुनेछ भने आजै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ । शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको सचिवालयले शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको उल्लेख गरेको छ ।