३० आश्विन २०८३, शुक्रबार

मतदाता नामावलीमा दाबी विरोधका लागि एक साताको समय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । निर्वाचन आयोगले संकलित मतदाता नामावलीमा दावी विरोधका लागि एक साताको समय दिएको छ ।

आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले भदौ १२ देखि १९ गतेसम्मका लागि दावी विरोधको समय दिएको हो ।

अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिन सकिने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिः