३० आश्विन २०८३, शुक्रबार

विहारमा नीतिश कुमारले तोडे बीजेपीसँगको गठबन्धन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । विहारका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् । विहारका राज्यपाल फागु चौहानलाई भेटेर उनले मंगलबार राजीनामा दिएका हुन्।

उनले बीजेपीसँग धेरै कुरामा मतभेद रहेको भन्दै गठबन्धन तोड्दै राजीनामा दिएको बताएका छन् । चुनावी गठबन्धन गरेर धेरै सिट ल्याएर पनि बीजेपीले नीतिशलई सरकारको नेतृत्व सुम्पेको थियो।

तर बीजेपी नेता र नीतिशबीचको टकरावले गठबन्धन तोडिएको विश्लेषकहरु बताउँछन् । गठबन्धन तोडेलगत्तै नीतिशले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरेका छन् ।

राजीनामा दिएलगत्तै उनले राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवसँग भेट गरेका छन्। यादवको घरमा भेटवार्ता गरेका नीतिशले यादवको पार्टीबाट समर्थन पाउने भएका छन् ।