३० आश्विन २०८३, शुक्रबार

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै,  यस्तो छ भ्रमण तालिका

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाँदै छन् ।

मन्त्री खड्का चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा त्यसतर्फ जान लागेका हुन् ।

खड्का २६ गतेसम्म चीनमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नेछन् । त्यस्तै, परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन् ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि मन्त्री खड्काको पहिलो चीन भ्रमण हो ।