३० आश्विन २०८३, शुक्रबार

सयौँलाई पार्टी प्रवेश गराउँदै ओलीले भने- एमालेको सरकार बनाएर देखाउने छु (तस्वीरसहित)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २३ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एक वर्षभित्रमा एमालेको नेतृत्वको सरकार बनाएर देखाउने बताएका छन् ।

रौतहटको गौरमा सोमबार आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘कसले भन्छ एमालेको सरकार बन्दैन ?, आउँदो एक बर्षभित्रमा एमालेको सरकार बनाएर देखाउने छु ।’ उनले परमादेशी सरकारलाई विस्थापित गर्नैपर्ने बताए ।

त्यस्तै, उनले अहिलेको सरकारमा भारतसँग दोहोरो संवाद गर्ने क्षमता नभएको बताए ।

अध्यक्ष ओलीले प्रत्येक वर्ष गौर क्षेत्रमा डुबान पर्ने उल्लेख गर्दै अहिलेको सरकारसँग भारतसँग दोहोर संवाद गर्न सक्ने क्षमता नभएको टिप्पणी गरे ।

तराई मधेशका जिल्लाहरु बर्षेणी कटान, डुवान र बाढीको समस्या झेल्दै आउँदा आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्दा समाधान गर्ने आवश्वास दिएपनि अहिलेको सरकारले कुनै वास्ता नगरेको अध्यक्ष ओलीको भनाइ छ ।

‘भारतीय प्रधानमन्त्री नेरन्द्र मोदी समक्ष सिमावर्ती क्षेत्रमा बनाइएको बाँधको कारण नेपाली भूभाग डुवान परिरहेको हुँदा त्यसको स्थायी रुपमा सधान गर्न पहल गर्ने थिएँ तर हामी सरकारबाट हटेपछि अहिलेको सरकारबाट निरन्तरता नहुँदा नेपाली क्षेत्र डुवानमै परेर समस्या झेल्नु परेको छ,’ ओलीले भने ।