
काठमाडौं, २३ साउन । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको सत्ता गठबन्धनको कार्यदलको संयोजकमा कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला चयन भएका छन् ।
कार्यदलमा नेपाली काँग्रेसबाट सिटौला र कार्कीसहित महामन्त्री गगन थापा रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
कार्यदलको आज सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक तोकेको हो। सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले कार्यदललाई व्यवस्थित बनाउन सिटौलालाई संयोजक बनाइएको बताए।
उनले भने, ‘सिट बाँडफाँडबारे सबै साथीहरूले आफ्नो धारणा राख्नुभयो। अर्को बैठक २६ गते बस्नेछ।’ आजको बैठकमा कार्यदलका सदस्यहरूबीच ससम्मान तरिकाबाट सिट बाँडफाँट गर्ने प्रारम्भिक सहमति भएको स्रोतले बताएको छ।















प्रतिक्रिया