
काठमाडौं, २३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर २ हजार ६२ जनाको आरटी–पीसीआर गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जना गरी आज ९३४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९० हजार ६२५ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७० जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७२ हजार ९६७ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल २ प्रतिशत हो ।
अघिल्लो दिन देशभर ३ हजार ७८९ जनाको नमूना परीक्षण गर्दा ५५३ जनामा संक्रमण पुष्टि भएको थियो भने उक्त दिन ४३३ जना संक्रमणमुक्त भएका थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ३८ हजार ४९३ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ५ हजार ६८६ जना आइसोलेसनमा छन् ।















प्रतिक्रिया