
काठमाडौं, २३ साउन । नेकपा (एकीकृत समाजवादी) ले नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई कारबाही गर्ने तयारी गरेको छ ।
पार्टीको विधानविपरीत झाँक्रीले अभिव्यक्ति दिएको भन्दै उनलाई अनुशासनको कारबाही गर्न लागिएको बताइएको छ ।
पछिल्लो समय पार्टी अध्यक्ष माधव कुमार नेपालसँग सम्बन्ध बिग्रेको चर्चा चलिरहेको बेलामा झाँक्रीमाथि कारबाहीको तयारी समेत भइरहेको हो । स्रोतका अनुसार उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाउने सम्बन्धमा अध्यक्ष नेपाल र सम्मानि नेता झलनाथ खनालले छलफल समेत गरिसकेका छन् ।
झाँक्रीको इच्छाविपरीत पार्टीले आफ्नो मन्त्री पद खोसिदिएपछि पार्टी नेतृत्वसँग उनी रुष्ट बनेकी थिइन् । पछिल्लो समय माधव नेपालविरुद्ध नै अभिव्यक्ति दिन थालेकी उनी कारबाहीअघि नै पार्टी छाड्न वा सचिव पदबाट राजीनामा दिन सक्ने आँकलन समेत गरिएको छ ।















प्रतिक्रिया