३० आश्विन २०८३, शुक्रबार

माइपेद्वारा माइपे क्वाइन सार्वजनिक, १ क्वाइनको मूल्य एक रुपैयाँ नै हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर रु. १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पेले जनाएको छ । माई पेका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो ।

यससँगै माई पे प्रयोगकर्ताहरुले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ्ग गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरु समेत निरन्तर रहेको जनाएको छ । यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाँडिएको माई पे को भनाइ छ ।

उदाहरणको लागि तपाईंले माई पे बाट रु १,००० को मोबाइल टपअप गर्नुभयो भने ४ प्रतिशत (रु ४०)फिर्ता हुन्छ । जसमा रु २० क्यासको रुपमा तपाईको वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनको रुपमा जम्मा हुन्छ । माईं पेबाट गरिएको सबै कारोबारमा यसरीनै क्वाइन प्राप्त गर्न सकिने माई पे को भनाइ छ ।

यसरी प्राप्त भएको क्वाइन अब ग्राहक महानुभावहरुले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्नुहुनेछ । मानौं अघिको तपाईको पहिलो कारेबारबाट २० क्वाइन जम्मा भएको छ । अब तपाईंले अर्काे कारोबारको रुपमा रु १,००० को कुनै इन्टरनेटको बिल भुक्तानी गर्नुभयो । अब तपाईंले बिल भुक्तानी गर्दा तपाईंको माई पे वालेटमा तीन वटा विकल्प देखाउँछ ।

पहिलो विकल्प छनौट गर्दा तपाईको वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ भने दोस्रो विकल्पको रुपमा तपाईले वालेटमा बैंक लिंकगर्नुभएको छ भने बैंक खाताबाट सिधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ । तेस्रो विकल्पका रुपमा तपाईले ब्यालेन्स र माई पे क्वाइनलाई मिलाएर कारोबार गर्न सक्नुहुन्छ ।

जस्तो रु १,००० को बिल तिर्दा तपाईंले रु ९८० तपाईको बालेटमा भएको रुपैयाँबाट र रु २० नगद नभई माई पे क्वाइनबाट भुक्तानी गर्न सक्नुहुन्छ ।

यस भुक्तानी पछि पनि तपाईंले क्यास रिफन्डका रुपमा नगद र माई पे क्वाइन प्राप्त गर्न सक्नुहुनेछ र उक्त क्वाइनहरु निरन्तर प्रयोग गर्दै जान सकिने माई पेले जनाएको छ । यदि प्रयोगकर्तासँग पर्याप्त माई पे क्वाइन नभएको खण्डमा भने तेस्रो विकल्प नदेखिने माइ पेले जनाएको छ । माई पेका अनुसार क्वाइन प्रयोग गर्दा प्रयोग कर्ताले केवाईसी भने भरेको हुनुपर्नेछ ।

‘हालसम्म संचालनमा रहेको लोयल्टी पोइन्टहरुको सिमित प्रयोग र यसको प्रयोग गर्दा समेत समस्या रहेको पाइयो,’ माई पे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले भने, ‘यही समस्या समाधानका लागि नगद सरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन संचालनमा ल्याएका छौं ।’