
काठमाडौं, २२ साउन । आज बस्ने प्रतिनिधिसभाको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने भएको छ ।
आज बिहान ११ बजे बस्ने बैठकमा महाअभियोग प्रस्तावबारे छलफल हुने संघीय संसद सचिवालयले सूचनामार्फत जनाएको छ ।
१ फागुन २०७८ मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि विभिन्न २१ वटा आरोपसहित संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।
प्रस्ताव दर्ता भएको लामो समय बितिसक्दा पनि बैठकमा पेस नभएको भनी सभामुख र सत्तारुढ दलहरुको आलोचना भएको थियो ।















प्रतिक्रिया