३० आश्विन २०८३, शुक्रबार

माधव नेपालका विश्वासपात्र एमालेमै फर्किए

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । माधव नेपालको नेकपा एकीकृत समाजवादीका भोला पोखरेल एमालेमै फर्किएका छन् ।

पोखरेल आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी एमालेमा फर्किएका हुन् ।

पोखरेले माधव नेपाल नेतृत्वको दलमा आवद्ध कर्मचारीका प्रमुख व्यक्तिका साथै कर्मचारीको आधिकारिक ट्रेड युनियन महासंघको पनि नेतृत्वकर्ता हुन् ।

पोखरेल नेपालका विश्वासपात्रका रुपमा रहेका थिए ।

पोखरेलले माधव नेपालले योजनावद्ध रुपमा नेपाली कम्युनिष्ट आन्दोलनबिरुद्ध अभियान चलाउने योजना थाह भइसकेकोले अब कोही पनि इमान्दार कम्युनिष्ट कार्यकर्ता त्यता नरहने बताए ।