३० आश्विन २०८३, शुक्रबार

पत्रकारितापछि नेता बन्नेहरूले लोकतन्त्र ल्याएका पार्टी तथा नेताहरूलाई अपमान गरे: ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारितापछि नेता बनेकाहरूले बलिदान दिएर लोकतन्त्र ल्याउने नेता पार्टीको अपमान गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका नेताहरूलाई लक्षित गर्दै उनले भाँड्ने काम भइरहेको बताएका हुन् ।

नेताहरूमाथि प्रयोग भएका शब्दहरूप्रति आपत्ति जनाउँदै उनले असन्तुष्टि व्यक्त गरे ।

‘अहिले त एउटा पत्रकार नचाहिने नचाहिने काम गर्‍यो अनि एउटा जमातले साथ दियो भनेर पत्रकार नेता हुँ भनेर कुदेको छ,’ उनले भने,‘देशमा लोकतन्त्र ल्याउन बलिदान दिएर आएका, संघर्ष गरेर आएका, जेलनेल भोगेर आएका, अंगभंग भएर आएका, आफ्ना परिवारका सदस्य गुमाएर आएकाहरूलाई अपमान गरेको छ ।

सबलाई चोर भनेको छ । अलिकति शरम हुनुपर्दैन तानाशाहीविरूद्ध लड्दा बलिदान दिएका, अंगभंग भएका, परिवार गुमाएकाहरूको अपमान गरेको पनि उनले बताए ।

‘देशका लागि बलिदान, देशका लागि अंगभंग भएका छन् । हिजो तानाशाहीविरूद्ध लड्दा अंगभंग भएको छ। परिवारको सदस्य गुमाएको छ।

काखका छोराछोरी गुमाएको छन्। आमा(बाबु गुमाएको छन्। टुहुरा(टुहुरी हुनुपरेको छ। श्रीमान गुमाएको छ। श्रीमती गुमाएको छ। हात(खुट्टा गुमाएको छ। स्वास्थ्य बिगारेको छ,’ उनले भने ।