३० आश्विन २०८३, शुक्रबार

कांग्रेस पहिलैदेखि तानाशाही हो : अध्यक्ष ओली (भिडियोसहित)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले पहिलेदेखि नै तानाशाही प्रवृत्ति देखाउने गरेको बताएका छन् ।

उनले कांग्रेस पहिलोपटक नेतृत्वमा आएकै कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको स्मरण गर्दै अहिले पनि त्यस्तै सामन्ती व्यवहार कांग्रेसमा देखिएको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रतर्फ पनि कटाक्ष गरेका छन् । उनले सामन्ती कांग्रेसलाई माओवादीहरुले बोकेर हिँडेको बताए । उनले व्यंग्य गर्दै भने, ‘पार्टी कार्यालयमा हसियाँ हथौडा नै राखेका छन् ।’

एमाले नेतृत्वको सरकारलाई षड्यन्त्रपूर्वक ढंगले हटाएपछि मुलुकमा भ्रष्टाचार बढेको, बैंकमा तरलता अभाव, अर्थतन्त्र धरापमा रहेर देशले दुगति व्यहोरिहेको ओलीको भनाइ छ ।

शुक्रबार झापा काठमाडौं सम्पर्क क्षेत्र नं. ५ का कार्यकर्ताहरुसँगको भेटघाटमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

हेर्नुस् भिडियोः