काठमाडौं, २१ वैशाख । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
सोमबारबाट देशका विभिन्न जिल्लामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले काठमाडौंमा गर्नुभएको छ ।
काठमाडौंको बौद्ध स्थित जेभिएर इन्टरनेशनल कलेजमा युवासंघको ३ महिने निःशुल्क स्वास्थ्य शिविर सोमबारबाट सुरु भएको हो । शिविरमा महाभूकम्पमा परेर घाइते तथा विरामी परेका सम्पूर्ण सर्वसाधारणको निःशुल्क उपचार तथा औषधि वितरण गरिने छ ।
स्वास्थ्य शिविरमा १० जना डाक्टरले विरामीहरुको उपचार गरिरहेका छन् । उपत्यकासँगै युवासंघले भूकम्प प्रभावित क्षेत्र काभे्र, सिन्धुपाल्चोक, धादिङ, गोरखा, नुवाकोट, दोलखा लगायतका जिल्लामा पनि निशुल्क स्वास्थ्य शिविरहरु संचालन गरिएको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी दिनमा युवा संघ नेपालले महामारी लगायत अन्य सरुवा रोग नियन्त्रण तथा जनचेतनाका लागि ‘नमस्कारको अभियान’ सञ्चालन गर्ने तयारी समेत गरेको छ ।
हात मिलाउदा विभिन्न सरुवा रोगहरु संत्रमण हुने भएकाले युवा संघका कार्यकर्ता तथा नेताहरुले अब केही समयका लागि हात नमिलाउने निर्णय समेत गरेका छन् ।















प्रतिक्रिया