३० आश्विन २०८३, शुक्रबार

अब शुक्रबार शेयर कारोबार नहुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । अब शुक्रबारको शेयर कारोबार नहुने भएको छ । नेप्सेका प्रबन्धक निरञ्जन फुँयालले बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको पूँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा शुक्रबार शेयर कारोबार नहुने बताएका हुन् ।

सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै शेयर कारोबार शुक्रबार पनि हुन थालेको थियो । ३ असार यता शुक्रबार ११ बजेदेखि १ बजेसम्म सेयर कारोबार हुँदै आएको छ ।

तर नेप्सेले निकट भविष्यमा यस्तो व्यवस्था खारेज गर्ने तयारी गरेको उनले जानकारी दिए । अब कहिले हटाइने भन्नेबारे भने केही खुलाइएको छैन ।