३० आश्विन २०८३, शुक्रबार

मतदाता नामावली संकलन भोलिदेखि स्थगित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने बताउनुभयो ।

आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ । चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।