
काठमाडौं । एकैदिन थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ५९२६ नमूना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २५८९ र एन्टिजेनबाट ३३३७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४९४ र एन्टिजेनबाट २६६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ३२४ जना कोरोनामुक्त भएका छन्।















प्रतिक्रिया