३० आश्विन २०८३, शुक्रबार

मेक्सिकोमा कोइला खानी भत्किँदा नौ जना फसे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेक्सिको सिटी, १९ साउन । मेक्सिकोको उत्तरी राज्य कोआहुइलामा अवस्थित एक कोइला खानी नौ जना फसेका छन् । खानीमा कम्तीमा नै व्यक्ति फसेका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार जानकारी दिनु भएको छ ।

सबिनास सहरमा खानी भत्किँदा बाढी आएको र खानीमा काम गर्नेहरू फसेका लोपेज ओब्राडोरले ट्वीटकार्फत जानकारी दिनु भएको छ । ‘हामी उनीहरूलाई सुरक्षित भेट्टाउने आशा राखेका छौ ’ उहाँले भन्नु भएको छ ।

उद्धारकर्ताहरु घटनास्थलमा पुगेका छन् र अनुसन्धान भइरहेको छ । यस घटनाको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।–रासस