३० आश्विन २०८३, शुक्रबार

पहिराले अवरुद्ध थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, १९ साउन । पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालनमा आएको छ । आज बिहान १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो ।

म्याग्दे गाउँपालिका–६ मौरीबजारमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको र केही समय लाग्ने उहाँले बताउनुभयो ।–रासस