
काठमाडौं, १९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।
संघीय संसदका दुवै सदनबाट पारित भई आएको विधेयक नेपालको संविधानको धार ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले वुधबार विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।















प्रतिक्रिया